Saturday, 17 December 2011

नेपाली डाक्टरको विशेषता- पैसा, पैसा, पैसा ! कान्तिपुर संवाददाता

doctor 
गोरखा (आमपीपल), पुस २ - युरोपेली सुविधा र रमझमबीच आफ्नो पेसा धानिरहेको एउटा जर्मन चिकित्सकका लागि कष्टसाध्य लाग्ने नेपाली गाउँठाउँमा आएर दिन-रात नभनी स्वास्थ्य सेवामा जुट्नुको स्वाद के हुन सक्ला ?
'जे गर्दा तपाईंको मन खुसी हुन्छ, जीवन धान्ने सजिलो उपाय पनि त्यही हो,' बितेको आठ वर्षयता गोरखाको आमपीपल अस्पतालमा सेवारत जर्मन चिकित्सक  डा.उल्फार्ड स्टार्क भन्दै थिए, 'मसँग यो ठाउँमा टेलिभिजन छैन, रेडियो छैन । राम्रो रेस्टुराँ र बजार छैन । तर त्योभन्दा आनन्द आउने मान्छे छन् जोसँग कुरा गर्दा समय बितेको थाहै हुन्न ।' यी ६८ वर्षे डाक्टर पहिलोपटक सन् १९९० मा नेपाल आएका रहेछन्, हिमाली पदयात्रु बनेर । त्यसपछि थुप्रैपटक धनकुटा, खुम्बु क्षेत्र, डोल्पा, मुस्ताङ, सिमिकोटतिर ट्रेकिङमा पुगेका रहेछन् । जर्मनीको उरारबर्गस्थित अस्पतालमा हाडजोर्नी विशेषज्ञका रूपमा २१ वर्षसम्म कार्यरत रहेपछि युरोपमा देखिएको 'व्यापारिक शैली र दबाबमा काम गर्नुपर्ने स्थिति' का कारण विरक्तिएर उनले स्वैच्छिक अवकाश लिए ।
नेपालमा आएर पहिलोपटक काठमाडौं मोडेल अस्पतालमा छ महिनासम्म काम गरेका उनी ओठतालु चिरिएकाबारेको शिविर चलाउन चिकित्सक श्याम राईसँगै आमपीपल आइपुगे । 'यहाँको अस्पतालमा डाक्टरको अभाव हुने गरेका कारण सामान्य नेपालीले खेपिरहेको स्वास्थ्य समस्यालाई चाहेर पनि भुल्न सकिने स्थिति थिएन,' युरोपमै घरपरिवार छाडेर आएका स्वयंसेवी डा. स्टार्क मिसमास नेपालीमा भनिरहेका थिए, 'त्यही भएर म यतै बस्न थालें ।' जर्मनीको भाल्भोक सहरमा श्रीमती, छोरा, तीन छोरी र ५ नातिनातिनाको उनको परिवार बस्दै आएको छ ।
अस्पतालका प्रशासकीय अधिकृत बाबुराम गिरीका अनुसार गोरखाबाहेक धादिङ, लमजुङ र चितवन जिल्लाबाट पनि आमपीपल अस्पतालमा उपचार गर्न आउने थुप्रै सेवाग्राही छन् । सरकारी कोटामा दुइ चिकित्सक रहनुपर्ने अस्पतालमा एउटै दरबन्दी पूर्ति हुन नसकेको पनि वषौं भयो । डा.स्टार्कले बिहान आठ बजेदेखि बेलुका बिरामीको चाप होइन्जेल औसतमा ८० जना बिरामीको दिनहुँ परीक्षण/उपचार गर्ने गरेका छन् । आफ्नो बुढ्यौलीसँगै घरपरिवारलाई पनि समय दिनुपर्ने भएकाले डाक्टर स्टार्क केही महिनाभित्रमा ढुक्कै आफ्नो देश र्फकने भएका रहेछन् । 'अहिलेदेखि नै हामीमा चिन्ता सुरु भइसकेको छ, यति सहृदयी र सहयोगी अर्को डाक्टर अब भेट्न मुस्किल छ,' गिरीले भने ।
डाक्टर स्टार्कको बुझाइमा बितेको एक दशकमा नेपाली समाज र परिदृष्यमा धेरै परिवर्तन आएको भए पनि परिवर्तनको प्रभाव गाउँघरसम्म भने पुग्न पाएको छैन । सहर फेरिएका छन्, ती सुविधायुक्त बनेका छन् । तर अधिकांश गाउँघरमा त्यत्ति धेरै परिवर्तन देख्न सकिन्न । 'यो दुर्ग्ाममा आएर बस्न, काम गर्न कसैले पनि चाहँदैन,' उनी भन्दै थिए, 'अझ अधिकांश नेपाली डाक्टरहरू त केवल तीन कुराका पछि लागेका छन्,   पैसा, पैसा र पैसा ।' नेपालको स्वास्थ्य क्षेत्रको ठूलो समस्याका रूपमा उनले 'डाक्टर' लाई नै देखेका छन् । सधैं पैसाका पछि लाग्ने र राम्रोसँग सेवासमेत नदिने स्वभाव धेरैसँग छ । 'अर्को कुरा उत्तिकै खतरनाक छ, मेडिकल पसलमा बस्नेहरूले नचाहिँदो औषधि बेच्ने गरेका छन्, गलत औषधि बेच्ने गरेका छन् । यो बिरामीका लागि अत्यन्तै खतरनाक हुनसक्छ,' उनी भन्दै थिए । 
यसैगरी, गाउँघरमा सुधारिएको चुल्हो नहुँदा धूवाँका कारण दम र फोक्सोको समस्याबाट पीडित बन्नेहरू पनि उत्तिकै रहने गरेको उनको बुझाइ छ । बच्चामा हुने निमोनिया, महिलामा पाठेघर झर्ने समस्या र मुटुरोगलाई पनि डाक्टर स्टार्कले नेपालीमाझ रहेको प्रमुख स्वास्थ्य समस्याका रूपमा लिएका रहेछन् । उनको बुझाइमा एमबीबीएस वा एमडी गरेपछि पनि दुई वर्षसम्म सम्बन्धित अस्पताल वा सेवा केन्द्रमा काममा नपठाई कसैलाई पनि पढाइको डिग्री वा
सर्टिफिकेट दिनुहुन्न । अर्कातिर अनुभवहीन डाक्टरलाई दुर्गममा सीधै पठाउनु नहुने सुझावसमेत उनी दिन्छन् ।
डा. स्टार्कले हालै एउटा अंग्रेजी पत्रिकामा सरकारका स्वास्थ्यमन्त्री वीर अस्पताल भ्रमणमा गएको समाचार पढेका रहेछन् । तर एक घन्टासम्म अस्पतालमा पर्खंदा पनि कुनै डाक्टर नआएको स्थिति पनि समाचारमा रहेछ । 'यस्तो कसरी हुन्छ ? मेरो देशमा यस्तो स्थिति आयो भने कुनै छलफल र कुराकानी नगरी तुरुन्त त्यस्तो डाक्टरलाई निष्कासन गरिने नियम छ । फेरि सरकारी तहमा काम गर्ने डाक्टरले बाहिर निजी क्लिनिक पनि राख्न पाउँदैन,' उनी भन्दै थिए, 'यस्ता अभ्यास नेपालमा सुरु हुन जरुरी छ ।'
डा. स्टार्क दिनभरको अस्पताल-कर्मपछि साँझमा आमपीपल बजारका सानातिना पसलमा भेटिन्छन् । अनि थोरै कोदाको रक्सी पिउँछन् ।
मलाई मीठो लाग्छ, यस्तो नरम रक्सी मेरो देशमा पाइँदैन,' उनी रसिक बनेर भन्दै थिए । तर यत्तिका वर्ष नेपालका गाउँठाउँमा बिताएर अब घर फिरेपछि दिन कसरी बित्ने हो, उनी सबै कार्ययोजना सहजै भन्न सकिरहेका थिएनन् । 'सायद जर्मनी गएर म जर्मन-नेपाली शब्दकोश बनाउने र आमपीपल बसाइको मेरो समयको किताब लेख्ने काम गर्छुं होला,' बौद्धमार्गी डा. स्टार्कले भने, 'अनि मेरो धर्मअनुसार ध्यान र साधनामा अरू समय बिताउनेछु होला ।'

Tuesday, 22 November 2011

मिस युके नेपाल २०११

 
         मिस युके नेपाल २०११  सुन्दरी गौ माया गुरुङ

बेलायतमा सम्पन्न मिस युके नेपाल २०११ को उपाधी गोरखाकी सुन्दरी गौ माया गुरुङले जितिन भने काठमाडौंकी प्रज्ञा श्रेष्ठ फष्ट रन अप भइन र पोखराकी निलम गुरुङले सेकेण्ड रनर अप हुन् सफल भईन ।" हामी समस्थ गोरखा जिल्ला समाज यूके परिवारको तर्फबाट सुन्दरी गौ माया गुरुङ लाइ हार्दिक बधाई दिन चाहन्छौ"

Saturday, 12 November 2011

बार्षिक साधारण सभामा सहभागिताको लागि अनुरोध

गोरखाली समाज युके                 

 सम्पूर्ण गोरखा जिल्लाबासीहरुमा नमस्कार 

बिषय: बार्षिक साधारण सभामा  सहभागिताको लागि अनुरोध 

 यहि आउने   19 November 2011 सनिबार को दिन  गोरखा जिल्ला समाज यूके को बार्षिक साधारण सभा भएको हुदा ,जतिपनि बेलायतमा  छरिएर बस्नु भएका गोरखा जिल्ला बासीहरु लाई उक्त दिन तल उल्लेखित स्थानमा उपस्थिति भै दिनुहुन हार्दिक बिनम्र अनुरोध गर्दछु,साथै तपाई हरुको सल्लाह, सुझाब, प्रतिक्रिया छ भने उक्तदिनको बार्षिक साधारण सभामा भन्न अनि राख्न्न सक्नु हुनेछ , हामी सबै जिल्लाबासीहरु एकजुट भै अगाडी बढेमा हामी सबैको भलो हुनेछ 

"जय गोरखाली समाज यूके"  

बार्षिक साधारण सभा हुने स्थान:
Club House (red)

The Royal British Legion Club
18 South Greenford Middlesex
UB6 9JS
Date & Time: 19 November 2011 Saturday   at  1000 Hrs.

 भरत रोका  (उपाध्यक्ष )               
गोरखाली समाज यूके


E-Mail: bharatroka15@yahoo.co.uk
Phone: 07828289602

Saturday, 15 October 2011

मनकामनादेखि गोरखा दरवारसम्म (फोटो फिचर)

 शब्द/तस्विरः भरतबन्धु थापा
 २८ असोज, काडमाडौँ । गोरखा ऐतिहाँसीक तथा धार्मीक रुपले निकै महत्तवपूर्ण मानिन्छ । गोरखा दरबार र आफुले चिताएको पुराउने मनकामना मन्दिरका कारण पनी गोरखा निकै चर्चित र महत्तपूर्ण छ । तर त्यती मात्र नभएर गोरखाका धार्मीक तथा ऐतिहाँसिक ठाउँको उचित प्रचार प्रसार गर्‍यो भने गोरखाको मनकामना मन्दिरदेखि दरबार सम्ममको धार्मीक तथा ऐतिहासीक पदयात्राका रुपमा पनी परिचीत बन्न सक्छ ।
गोरखा मन्दिरको नजीकै रहेके बेतनी गाउँ । जहाँको बस्तीमा स्थानिय नृत्य प्रर्दशन पनी निकै मनोमोहक रहेको छ । मन्दिरमा धार्मीक आस्थाका साथ आफ्नो मनोकांक्षा पुरा गरेर त्यहाँको नृत्य हेर्दा निकै आन्न्ददायी अनुभुती हुने गर्दछ । यसका लागि उचित ब्यबस्था गरेमा होम स्टेको पनी पहल हुन सक्ने प्रचुर सम्भावना रहेको छ ।

गोरखाको मनकामनादेखि एक दिनको पैदल यात्रा पश्चात गोरखा दरबार अथवा गोरखाको सदरमुकाम पुग्न सकिन्छ । यो विचको यात्रा पनी निकै रमाईलो अनुभुती हुने गर्दछ । जंगलै जंगलको विचबाट जानु पर्ने र विचविचमा रहेको बस्ती, मन्दिर तथा गुफाले गर्दा दिनभरको यात्रालाई आन्नदायी बनाउँ छ । मनकामनमा मन्दिरबाट एक घण्टाको पैदल यात्रा पश्चात बक्रेश्वर गुफा तथा शिवको मन्दिर रहेको छ । जुन निकै महत्तवाका साथ स्थानिय बासीन्दाले लिने गर्दछ ।
गुफादेखि दुई घण्टाको पैदल यात्रा पश्चाम सबै भन्दा उचाईमा रहेको एक गुफा भेटीन्छ । त्यससँग नजीकै रहेके मन्दिर जस्तो बनाइएको छ । जहाँबाट दृश्य अवलोकन गर्नका लागि निकै राम्रो स्थान हो ।

 यस स्थानबाट लगातार तीन घण्टाको पैदल यात्रा पश्चात नेपालको पहिलो शहिद लखन थापाको जन्म थलो बुगकोटमा पुग्न सकिन्छ । स्थानिय हुट्का नाचले पनी आएका पाहुनलाई स्वागत गर्न जहिले पनि त्याहाँका स्थानिय बासीन्दाहरु तयार रहेका हुन्छन् ।
नेपालको पहिलो सहिद लखन थापाको जन्म थलोबाट तीन घण्टाको पैदल यात्रापछि गोरखा दरबार पुगिन्छ । जुन ऐतिहासिक रुपले निकै महत्तव बोकेको । यदी सरकारले पर्यटन बर्ष मनाईरहेको समयमा यस्ता नयाँ पदयात्राको पहिचान तथा विकासमा ध्यान दिने हो भने नेपालका आन्तरीक तथा बाह्य पर्यटकका लागी निकै फलदायी हुन सक्ने थियो की ।

केवलकारबाट बाहिर नियाल्दै एक महिला

मनकामना मन्दिरमा भजन गाउँदै भक्तजन

बक्रेश्वर गुफा

मनकामनाबाट गोरखा दरबार जाने बाटो ।

बेतनी गाउँ गुरुङ नाच नाच्दै ।

चुड्का चाच नाच्दै बुगकोटका बासिन्दा
 
नेपालको पहिलो शहिद लखन थापाको शालिक

गोरखा दरबारमा टिका लगाइदिदैं पुजारी

Monday, 18 July 2011

गोरखा जिल्ला समाजको बार्षिक भेटघाट कार्यक्रम

 

















भरत क्षेत्रि:जुलाई १८, लण्डन / गत ०९ जुलाईमा ओकफर्म स्कुल फार्नबरोमा गोरखा जिल्ला समाज यूकेको बार्षिक कार्यक्रम भब्यताका साथ सम्पन्न भयो । बेलायतमा छरिएर बसेका गोरखा जिल्लाबासीलाई एकै ठाउमा भेला गराई एक आपसमा परिचय, सद्भाव एवं आपसी दु:ख सुख आदान प्रदान गर्ने उद्धेश्यले सो कार्यक्रमको आयोजन गरिएको थियो । उक्त बार्षिक भेटघाट कार्यक्रममा करिब ८०० जना जति जिल्ला बासीहरुको सहभागिता थियो ।
कार्यक्रम बिहानको करिब ११.३० बजेबाट सुरु भएको थियो। समाजका अध्यक्ष खुसीमान गुरुगले जिल्लाबासीलाई स्वागत गर्दै उपस्थित सम्पूर्ण जिल्लाबासीलाई धन्यबाद दिनुभएको थियो । उहाँले जिल्लाबसीको उत्तरोउतर प्रगतिको कामना गर्दै हामी यूकेमा बसोबास गर्ने जिल्लाबासीहरु एउटै संस्थामा आद्ध भई एकआपसमा मेलमिलाप, आपसी सहयोग,गर्दै जानुपर्नेमा जोडदिनु भएको थियो ।

कार्यक्रममा नेपालका प्रख्यात दोहारि गित गायिका मुना थापा मगर र गायक रामजी खाँडलाइ समाजका अध्यक्ष खुसीमान गुरुगले खाता ओडाई स्वागत सम्मान गर्नुभएको थियो । सोही कार्यक्रममा सम्पूर्ण यूकेबासी नेपालीहरुको अन्तर समाज नाँच प्रतियोगितामा लगातार दुइ वर्षसम्म प्रथम हुने गोरखाली गुरुग समाजका नानीहरुलाई सम्मान गरिएको थियो । साथै युकेमा डाक्टर हुनु भएका लोकेस गुरुग र आर्मीमा उच्च र्जा हासिल गर्ने, कलेज, बिश्वबिद्यालय बाट विशिष्ठ स्थान गर्नेहरुलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रमलाइ सुरु दिखी अन्त्य सम्म नेपालका प्रख्यात दोहारि गित गायिका मुना थापा मगर र गायक रामजी खाँडका गीतहरुले मनोरन्जनात्मक बनाई दिएको थियो । कार्यक्रममा केटाकेटि देखि बूढाबुढीहरु पनि कम्मर मर्काई मर्काई नाच्दै रमाएका देखिन्थे । साथै सोही कार्यक्रममा धिरज गुरुगको तृत्वमा टाइकन्धो सो पनि प्रदसन गरिएको थियो ।
कार्यक्रममा राफल चिट्टा पनि व्यवस्था गरिएको थियो। उक्त राफल चिट्टाको लागि बिशेस आकर्सक पुरस्कार डिजिटल टेलिभिजन Gurkha Security Service  का प्रोपाईटर Bishnu Tamang ले गर्नु भएको थियो भने YBC का प्रोपाईटर योगेन्द्र क्षेत्रिबाट डिजिटल क्यामेरा प्रदान गर्नु भएको थियो । अन्य पुरस्कारहरु समाजका पधाधिकारीहरु र बिभिन्न संघसस्थाहरुबाट उपब्ध भएको थियो ।
उक्त बार्षिक कार्यक्रममा समाजका सल्लाकारहरु डा. राघब धिताल, डा. राजु बाबु श्रेष्ठ, भूपू क्या. रनध्वज राना, भूपू क्या. कृष्ण आले, भूपूलेप्टन थम प्रसाद गुरुग, कृष्ण अधिकारी क्षेत्रि, अनि सुर घलेको पनि उपस्थिति थियो
१२ जुलाई २०११ मा फानबरो र अल्डरसट एरियामा बसोबास गर्ने गोरखाली महिला दिदिबैनीहरुले सामजको तर्फबाट प्रख्यात दोहारिगित गायिका मुना थापा मगरलाइ एक तोला सुन र प्रख्यात गाएक रामजी खाँडलाइ आइफोंन फोर प्रदान गर्नुको साथै फूलमाला खाता लगाई बिदई गर्नु भएको थियो ।
समाजका कोडिनेटर धन गुरुगको ब्यवस्थापनमा भएको उक्त बार्षिक भेटघाट कार्यक्रमको संचालन समाजका महासचिब जगत थापाले गर्नु भएको थियो ।

Thursday, 16 June 2011

गोरखा जिल्ला अन्तर्गतका केहि रमाइला फोटोहरु




   चेपे र मर्स्याङदीको  दोभान नजिको ठाउँ  "कालीरहो " बाट यात्रु बाहक बस गुडदै


                                                                             गोरखा सानो दरबार  


                      
                                                                             Gorkha Darbar

                                                  तीधू भन्जयाग  गोरखा



                                                         
                                                               बारपाक गोरखा 
                                                         
                                                                बिरिन्चोक  गोरखा 
                                     
                                                                 भचेक  बजार  गोरखा 
                                       
                                                                    चिप्लेटी  डाडा गोरखा 
                                         
                                                     गजि घलेगाउ बारपाक  गोरखा

                                                               गजि घलेगाउ बारपाक  गोरखा       



                                  चेपेनदि पहाडको कुनाकानी हुदै बगेको द्र्स्य
                       कच्चीबाटो बन्दै गरेको राम्चे देखि थालाजुंग हुदै चिलाउने खोला

                                                           
                                                               चौका बाटे गाउ गोरखा   

                                                     
                                                      भचेक आर्मी ब्यारेक  गोरखा 

                                                                          Aappun Gorkha


                                                               Ilam Pokharai Gorkha


                                                                
                                                    काउले बाटेगाउ  थालाजुग  गोरखा  
                                                      
                                                नेपाने केराबारी  गोरखा  
 
                                             
                                                        काउकेगाउ थालाजुंग  गोरखा   
                                                           
                                                          कुमारीपाखा थालाजुंग  गोरखा   
                                                                              काउलेगाउ थालाजुंग  गोरखा   
                               
                                                                                 बतासेगाउ  गोरखा   
                                                          आरुबोट जैसीबाजे घर   गोरखा   
                                              आहाल भनझंग स्कुल  थालाजुंग  गोरखा   
                                                         Shree Nath Kot Gorkha
                                                            Sirchaur Gau Gorkha
                                                                        Chirchaur Village Kerabari
                                                       Village of Chir chaur Gorkha
                                                               Chirchau Gau Kerabari Gorkha
                                                                              Chhepe Ghat Gorkha
                                                Chhepe River Kaliraha Palungtar Gorka
                                                            Gauda Gau Chepe Ghat Gorkha
                                                               Chilaune Gau Gorkha
                                                                            Manakamana Cebul Car
                                                                                   Ganesh Himal Gorkha
                                                                      Pathivara Gau Gorkha
                                                        Chhepe Khola Gorkha                                         
                                                       Dumre Dada Lig Lig Gorkha
                                                            Daraudi Nadi Gorkha
                                                            Daraudi Nadi Gorkha
                                                        Marsangdhi River Gorka/ Tanahu Border
                                                                     Palungtar Airpot Gorkha


                                                          Ampipal Huspita Gorkha

                                                       Ampipal Huspital Gorkha
 
                                                                    Lig Lig Kot Gorkha


                                                         Luital School Gorka

                            Ambar Jyoti Higher Secondary School  Luital  Gorkha


                             Bhabani Higher Secondary School Thatipokhari Palungtar


                              Janata Higher Secondary School Ampipal Gorkha

                                              Tal Barahi Kalamata Palungtar Gorkha
                                                       Thansing Village Palungtar Gorkha
                                                                        Local Raksi Banaudai
                                                Made in Okhreni Simle Gorkha ( Pop Corn )
                                                       गोरखा कालिका
                                              अति सुन्दरद्र्स्य चिप्लेटी गोरखा बाट खिचिएको
                                           कच्चीबाटो बन्दै गरेको बिरिन्चोक हुदै चप्लेटी
                                                            थालाजुंग गोरखा
                                             सिरचौर गाउ  गोरखा
                                         कोछे  गाउ  गोरखा
                                                          भचेक बजार  गोरखा
                                                            सक्ति. मा. बि.पोखरीथोक गोरखा


                                                                        12 Kilo Gorkha


                                                         Daraudhi River Close to Chepetar



                                                                          Ashrang School Gorkha


                                                                     Ashrang School Gorkha


                                                                Ashrang School Gorkha


                                                                                              Bungkot Gorkha


                                 Bhedako Bathan besi ko garmile garda  lake Jadai gareko Gorkha


                                                                            Bungkot Gorkha


                                                Chandika Ni.Ma. Vi. Lankhe Danda, Bungkot, Gorkha.
 
                                                    Chandi Veer School, Takukot, Gorkha.
 
                                                                          Chyangli tar, Gorkha.
 
                                                          Chyangli Children School, Chyangli, Gorkha.
 
                                                    Shiva Mandir, Ghairung, Gorkha.
 
                                                                         Ghairung Area, Gorkha.
 
                                                                Shiva Ratri mela, Ghairung, Gorkha.
 
                                                          Ghairung ma Goru Judhako, Gorkha.
 
                                 Ghan Marga Higher Secondary School, ghyalchowk, Gorkha.
 
                         Gyan Marga Highr Secondary School, Ghyalchowk, Gorkha.
 
                                                        Kot Mandir, Bungkot, Gorkha.
 
                                                                 Lankhe Danda, Bungkot, Gorkha.
 
                                                                 Larpak Village, Gorkha.
 
                                                                                  Larpak, Gorkha.
 
                                           Shiva Mandir ma puja, Shiva Ratri ma, Ghyalchowk, Gorkha.
 
                                                          NCT Tower Lankhe Danda, Bungkot, Gorkha.
 
                                                                   Fantastic view from Gorkha.
 
                                                                            Bhirsing Gaun, Gorkha.
 
                                                                             Bakot Gaun, Gorkha.
 
                                                                            Siranchok Mandali, Gorkha.
 
                                                        Jarang gaun ko Area, Gorkha.
 
                                                                                Jarang School, Gorkha.
 
                                                                   Rupkot & Sulikot, Gorkha.
 
                                                            Shaunepani Gaun, Gorkha.
 
                                                   View from Shaunepani Gaun, Gorkha.
 
                                                           Village Aappun, Gorkha.