
भरत क्षेत्रि:जुलाई १८, लण्डन / गत ०९ जुलाईमा ओकफर्म स्कुल फार्नबरोमा गोरखा जिल्ला समाज यूकेको बार्षिक कार्यक्रम भब्यताका साथ सम्पन्न भयो । बेलायतमा छरिएर बसेका गोरखा जिल्लाबासीलाई एकै ठाउमा भेला गराई एक आपसमा परिचय, सद्भाव एवं आपसी दु:ख सुख आदान प्रदान गर्ने उद्धेश्यले सो कार्यक्रमको आयोजन गरिएको थियो । उक्त बार्षिक भेटघाट कार्यक्रममा करिब ८०० जना जति जिल्ला बासीहरुको सहभागिता थियो ।
कार्यक्रम बिहानको करिब ११.३० बजेबाट सुरु भएको थियो। समाजका अध्यक्ष खुसीमान गुरुगले जिल्लाबासीलाई स्वागत गर्दै उपस्थित सम्पूर्ण जिल्लाबासीलाई धन्यबाद दिनुभएको थियो । उहाँले जिल्लाबसीको उत्तरोउतर प्रगतिको कामना गर्दै हामी यूकेमा बसोबास गर्ने जिल्लाबासीहरु एउटै संस्थामा आद्ध भई एकआपसमा मेलमिलाप, आपसी सहयोग,गर्दै जानुपर्नेमा जोडदिनु भएको थियो ।




कार्यक्रममा नेपालका प्रख्यात दोहारि गित गायिका मुना थापा मगर र गायक रामजी खाँडलाइ समाजका अध्यक्ष खुसीमान गुरुगले खाता ओडाई स्वागत सम्मान गर्नुभएको थियो । सोही कार्यक्रममा सम्पूर्ण यूकेबासी नेपालीहरुको अन्तर समाज नाँच प्रतियोगितामा लगातार दुइ वर्षसम्म प्रथम हुने गोरखाली गुरुग समाजका नानीहरुलाई सम्मान गरिएको थियो । साथै युकेमा डाक्टर हुनु भएका लोकेस गुरुग र आर्मीमा उच्च र्जा हासिल गर्ने, कलेज, बिश्वबिद्यालय बाट विशिष्ठ स्थान गर्नेहरुलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रमलाइ सुरु दिखी अन्त्य सम्म नेपालका प्रख्यात दोहारि गित गायिका मुना थापा मगर र गायक रामजी खाँडका गीतहरुले मनोरन्जनात्मक बनाई दिएको थियो । कार्यक्रममा केटाकेटि देखि बूढाबुढीहरु पनि कम्मर मर्काई मर्काई नाच्दै रमाएका देखिन्थे । साथै सोही कार्यक्रममा धिरज गुरुगको तृत्वमा टाइकन्धो सो पनि प्रदसन गरिएको थियो ।
कार्यक्रममा राफल चिट्टा पनि व्यवस्था गरिएको थियो। उक्त राफल चिट्टाको लागि बिशेस आकर्सक पुरस्कार डिजिटल टेलिभिजन Gurkha Security Service का प्रोपाईटर Bishnu Tamang ले गर्नु भएको थियो भने YBC का प्रोपाईटर योगेन्द्र क्षेत्रिबाट डिजिटल क्यामेरा प्रदान गर्नु भएको थियो । अन्य पुरस्कारहरु समाजका पधाधिकारीहरु र बिभिन्न संघसस्थाहरुबाट उपब्ध भएको थियो ।
उक्त बार्षिक कार्यक्रममा समाजका सल्लाकारहरु डा. राघब धिताल, डा. राजु बाबु श्रेष्ठ, भूपू क्या. रनध्वज राना, भूपू क्या. कृष्ण आले, भूपूलेप्टन थम प्रसाद गुरुग, कृष्ण अधिकारी क्षेत्रि, अनि सुर घलेको पनि उपस्थिति थियो
१२ जुलाई २०११ मा फानबरो र अल्डरसट एरियामा बसोबास गर्ने गोरखाली महिला दिदिबैनीहरुले सामजको तर्फबाट प्रख्यात दोहारिगित गायिका मुना थापा मगरलाइ एक तोला सुन र प्रख्यात गाएक रामजी खाँडलाइ आइफोंन फोर प्रदान गर्नुको साथै फूलमाला खाता लगाई बिदई गर्नु भएको थियो ।
समाजका कोडिनेटर धन गुरुगको ब्यवस्थापनमा भएको उक्त बार्षिक भेटघाट कार्यक्रमको संचालन समाजका महासचिब जगत थापाले गर्नु भएको थियो ।
No comments:
Post a Comment
Please comment through your Google Account if you have one otherwise select " Anonymous" on " Select Profile ". Your comment will appear after clicking 3 times.