Sunday, 29 May 2011

गोरखाली समाज यूके को अनुरोध

गोरखाली समाज यूके लाइ अझबडी  ससक्त रुपबाट आगाडी बढाएर लैजानुपर्ने जिम्मेबारी हामी सबै जिल्लाबासीको हो आज सम्म हाम्रो सस्थाले गरेको प्रगति हामीसबै  जिल्लाबासीहरुकै सहयोग, सल्लाह, र सुझाबले नै हो  त्यसैले गर्दा हामी जिल्लाबासी हरु अझ बढी मजबुत हुदै जानको को लागि यूके मा बस्नु भएका तर समाजको सदस्यता नलिनु भएका  जिल्लाबासीहरु लाई सस्थाको सदस्यता लिएर आफ्नु अधिकार सुरछित राक्नुको साथै  समाजलाइ सहयोग गरिदिनु हुन समस्थ गोरखाली समाज यूके बासीलाइ हार्दिक अनुरोध गर्दछौ l   
सदस्यता लिनको लागि  तलको व्यक्तिहरु सग सम्पर्ग गर्नुहोला l   
Khusiman Gurung - Chairman Phone : 07833227889
E-Mail : ghotane45@hotmail.com
Bharat Roka Chhetry - Vice Chairman Phone; 07828289602
E-Mail: bharat_6@hotmail.com
Jagat Thapa - General Secretary Phone: 07809147983
E-Mail : jargha_jb@yahoo.com
Krishna Bahadur Thapa - Treasurer Phone: 07725079469
E-Mail :krishnadarlami@hotmail.com
थप जानकारीको लागि गोरखाली समाज यूके को
Web site: http://www.gorkhalisamajuk.co.uk/  हेर्नुहोला  l   
अन्तमा तपाइको सल्लाह, सुझाब हरु  तलको  कमेन्ट  बक्समा राक्नुहोला तपाईहरुको कमेन्टलाइ हामी  प्रथामिकताका साथ हेर्नेछौ साथै कमेन्टमा  तपाइको  नाम, इमेल,फोन नम्बर दिनुहोला भन्ने अनुरोध गर्दछौ l   "जय गोरखाली समाज यूके"     


Thursday, 19 May 2011

गोरखा जिल्लाबासी को बार्षिक भेटघाट‏‏

 आदरणीय सम्पूर्ण गोरखाली समाज यू. के परिबारमा नमस्कार 

गोरखा जिल्लाबासी को बार्षिक भेटघाट कार्यक्रम
बिगतका बर्षहरुमा झै यसबर्ष पनि बेलायतमा बसोबास गर्दै आउनु भएका सम्पूर्ण गोरखा जिल्ला बासी दाजुभाईदिदीबहिनीहरु बीच आपसी मैत्रीभावचिनापर्चीभेटघाट र एक आपसमा सुख दु:ख आदन प्रदान गर्ने उदेश्यले आगामी ०९ जुलाई २०११ शनिबारको दिन फानबरो स्थित ओक फर्म स्कुल को हाता भित्र बार्षिक भेटघाट कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण गोरखा जिल्लाबासी दाजुभाई-दिदीबहिनीहरुलाई उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौ।
मितीशनिबार ०९ जुलाई २०११  
समयबिहान १० बजे बाट राती ११ बजे सम्म
स्थान: फानबरो स्थित ओक फर्म स्कुल 
Pavillon Hall GU14 8SS
अन्य जानाकारीको लागी सम्पर्क:                                               
पार्टी कोडीनेटर: धन गुरुग :  फोन :    ०७७३७६७६५७९
महासचिब :जगत  थापा - फोन : ०७८०९१४७९८३    
गनेस गुरुग : फोन:   ०७९८४४२४९०३

भरत रोका क्षेत्रि
फोन : ०७८२८२ ८९६०२        
उपाध्यक्ष गोर्खाली समाज यूके

गोरखाली समाज यूकेको बार्षिक मिटिंग सम्पन्न

लण्डन, मे १६ /  गोरखा जिल्ला घरभई बेलायत मा बसोबास गर्ने नेपालीहरुको सस्थाको नाम हो `गोरखाली समाज यूके` । उक्त समाजको बार्षिक भेला गत १४ मई २०११ का दिन ब्रिटिश लिजन क्लब ग्रीनफोर्ड लण्डनमा समाजका अध्यक्ष खुसीमान गुरुगको अध्यक्षतामा सम्पन्न भयो ।
संस्थाका महासचिव जगत थापाले कार्यक्रम बारे प्रकाश पार्नु भएको थियो। कार्यक्रममा समाजका कोषाध्यक्ष कृष्ण थापाले वार्षिक आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । उक्त बार्षिक मिटिंगमा समाजको अहिले सम्म गरेका कार्यप्रगति बारे ब्यापक छलफल भएको थियो।

आफ्नो भनाइ राख्दै समाजका उपाध्यक्ष भरत रोकाले समाजमा आवद्ध नहुनुभएका बेलायतमा छरिएर बसेका जिल्ला बासी समुदायलाई समाजको सदस्यता बनाई समाजमा आवद्ध गराउँदै लैजानुपर्नेमा जोड दिनुभएको थियो ।
समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार डा. राजु बाबु श्रेष्ठले अहिले सम्म समाजले गरेको उपलब्धि को प्रसंसा गर्नुभएको थियो । साथै उहाँले जिल्लामा आबद्द अरु समुदायलाई पनि समेटेर लैजानु पर्नेमा जोढ़दिनुभएको थियो ।
समाजका वेब मास्टर आसिस पन्तले वेब साइडमा केहि हेरफेर गरि समाचार मुलक बल्क छिटै राखिने जानकारी दिनुभयो । उहाँले समाजमा सबै क्षेत्रका समुदायहरु अझबडी आबद हुन नसकेकोमा दुख ब्यक्त गदै सबै एक भै अगाडी बढ्नुपर्नेमा जोढ़दिनु भयो ।
कार्यक्रmमा समाजका कोडिनेटर धन गुरुगले आउने ९ जुलाई २०११ मा जिल्लाबासीको बार्षिक भेलाका बारेमा प्रकाश पार्दै समाजको लोगो सहित तयार पारिएको बार्षिक क्यालेन्डर बिमोचोन गर्नुभएको थियो ।
जसमा जिल्ला का विभिन्न धार्मिक स्थलहरु मनकामना, गोरखा दरबार, श्रीनाथकोट दरबार राखिएको छ साथै क्यालेन्डरमा समाजका आउने दिनमा हुने विभिन्न कार्यक्रमबारे जानकारीपनि राखिएको छ ।
भेलामामा बेलायतका विभिन्न ठाउँमा बसोवास गर्ने समाजका प्रतिनिधिहरुले आ-आफ्नो धारणा तथा भावी एजेण्डाहरुमाथि सुझाव सल्लाह दिनुभएको थियो।
कार्यक्रममा गोरखा बारपाक घरभई बेलायतमा दुर्घटनामा परि हस्पिटलमा उपचारार्थको क्रममा रहेका कृष्ण गुरुगको लागि आर्थिक सहयोग रकम समाजको तर्फ बाट गोरखाली समाज यूकेका अध्यक्ष खुसीमान गुरुगले घ् १,९५५.७१ को चेक उहाका बाबा मगल गुरुग र आमा सुकमाया गुरुग लाई सयूक्त रुपमा हस्तारण गर्नुभएको थियो । स्मरण रहोस उहाको अहिलेसम्म करिब ६ महिना सम्म साथ दिदै आउनुभएका श्याम शेरचनले उहाको स्वास्थ्य स्थिति बारेमा जानकारी साथै अहिलेसम्म विभिन्न समुदाय हरुले गरेको सहयोग को बारेमा समेत जानकरी गराउनु भएको थियो ।
कार्यक्रम समाजका महासचिब जगत थापाले गर्नु भएको थियो ।