Saturday, 15 October 2011

मनकामनादेखि गोरखा दरवारसम्म (फोटो फिचर)

 शब्द/तस्विरः भरतबन्धु थापा
 २८ असोज, काडमाडौँ । गोरखा ऐतिहाँसीक तथा धार्मीक रुपले निकै महत्तवपूर्ण मानिन्छ । गोरखा दरबार र आफुले चिताएको पुराउने मनकामना मन्दिरका कारण पनी गोरखा निकै चर्चित र महत्तपूर्ण छ । तर त्यती मात्र नभएर गोरखाका धार्मीक तथा ऐतिहाँसिक ठाउँको उचित प्रचार प्रसार गर्‍यो भने गोरखाको मनकामना मन्दिरदेखि दरबार सम्ममको धार्मीक तथा ऐतिहासीक पदयात्राका रुपमा पनी परिचीत बन्न सक्छ ।
गोरखा मन्दिरको नजीकै रहेके बेतनी गाउँ । जहाँको बस्तीमा स्थानिय नृत्य प्रर्दशन पनी निकै मनोमोहक रहेको छ । मन्दिरमा धार्मीक आस्थाका साथ आफ्नो मनोकांक्षा पुरा गरेर त्यहाँको नृत्य हेर्दा निकै आन्न्ददायी अनुभुती हुने गर्दछ । यसका लागि उचित ब्यबस्था गरेमा होम स्टेको पनी पहल हुन सक्ने प्रचुर सम्भावना रहेको छ ।

गोरखाको मनकामनादेखि एक दिनको पैदल यात्रा पश्चात गोरखा दरबार अथवा गोरखाको सदरमुकाम पुग्न सकिन्छ । यो विचको यात्रा पनी निकै रमाईलो अनुभुती हुने गर्दछ । जंगलै जंगलको विचबाट जानु पर्ने र विचविचमा रहेको बस्ती, मन्दिर तथा गुफाले गर्दा दिनभरको यात्रालाई आन्नदायी बनाउँ छ । मनकामनमा मन्दिरबाट एक घण्टाको पैदल यात्रा पश्चात बक्रेश्वर गुफा तथा शिवको मन्दिर रहेको छ । जुन निकै महत्तवाका साथ स्थानिय बासीन्दाले लिने गर्दछ ।
गुफादेखि दुई घण्टाको पैदल यात्रा पश्चाम सबै भन्दा उचाईमा रहेको एक गुफा भेटीन्छ । त्यससँग नजीकै रहेके मन्दिर जस्तो बनाइएको छ । जहाँबाट दृश्य अवलोकन गर्नका लागि निकै राम्रो स्थान हो ।

 यस स्थानबाट लगातार तीन घण्टाको पैदल यात्रा पश्चात नेपालको पहिलो शहिद लखन थापाको जन्म थलो बुगकोटमा पुग्न सकिन्छ । स्थानिय हुट्का नाचले पनी आएका पाहुनलाई स्वागत गर्न जहिले पनि त्याहाँका स्थानिय बासीन्दाहरु तयार रहेका हुन्छन् ।
नेपालको पहिलो सहिद लखन थापाको जन्म थलोबाट तीन घण्टाको पैदल यात्रापछि गोरखा दरबार पुगिन्छ । जुन ऐतिहासिक रुपले निकै महत्तव बोकेको । यदी सरकारले पर्यटन बर्ष मनाईरहेको समयमा यस्ता नयाँ पदयात्राको पहिचान तथा विकासमा ध्यान दिने हो भने नेपालका आन्तरीक तथा बाह्य पर्यटकका लागी निकै फलदायी हुन सक्ने थियो की ।

केवलकारबाट बाहिर नियाल्दै एक महिला

मनकामना मन्दिरमा भजन गाउँदै भक्तजन

बक्रेश्वर गुफा

मनकामनाबाट गोरखा दरबार जाने बाटो ।

बेतनी गाउँ गुरुङ नाच नाच्दै ।

चुड्का चाच नाच्दै बुगकोटका बासिन्दा
 
नेपालको पहिलो शहिद लखन थापाको शालिक

गोरखा दरबारमा टिका लगाइदिदैं पुजारी